थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा १२ हजार ३१ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको स्वस्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ ।
यस्तै आज थप ८ सय ९९ जना निको भएका छन । त्यस्तै आज ११ जना संक्रमितको मृत्यु भएको छ । अब निको हुन बाँकी १५ हजार ३ सय ४० जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस