बुढेसकालमा सम्मान पाउँदा जेष्ठ नागरिकहरुमा खुसी

गढवा । गढवा १ पत्रिङ्गाका ७४ बर्षिय गोपालबहादुर थारु कुमाल २०३७ सालदेखि राजनीतिमा लागे । २०४६ सालको जनआन्दोलनपछि राजनितीमा थप सकृय हुँदै २०५४ मा एमालेबाट स्थानीय निर्वाचन जिते । त्यस्तै गढवा १ कालाकाटेका ७० बर्षिय डम्बरबहादुर योगीले पनि लामो राजनीतिपछि २०५४ र २०७४ सालमा वडा सदस्यमा जिते । जिवनभर राजनीति गरियो, चुनाव जितेर जनताका काम पनि गरियो तर आजसम्म कतैबाट सम्मान पाइएको थिएन् उनहरुले भने ।

योगी र थारु कुमाल जस्तै गढवा १ रङसिङका गोपालप्रसाद कुमालले पनि पार्टीबाट सम्मान पाएका छन् । त्यसो त २०५४ मा साबिक गोबरडिहा ३ बाट वडा अध्यक्ष जितेका देविलाल थारु कुमालले २०५४ मा पनि गाउँपालिकाबाट वडा सदस्य जितेर अहिले दाङ जिल्लाको समन्वय समितिको सदस्य बन्ने । उमेरले बृद्ध भएका गढवा १ का मानबहादुर शाहले २०५४ सालमा एमालेबाट चुनाव जितेर गोबरडिहा–२ बाट वडा अध्यक्ष बन्ने । गढवा–१ पत्रिङ्गाका जोखन नेपाली, बनघुस्रीका मानबहादुर कुमाल र जेठानगाउँका शान्तबिर कुमालले पनि २०५४ मा एमालेबाट वडा सदस्य जितेर जनताको काम गरे ।

यसरी पार्टीमा बिगतदेखि सकृय भएर स्थानीय चुनाव जितेर जनताका काम गर्ने जेष्ठ नागरिकहरु अहिले ओझेलमा परेको महसुस गरिरहेको बेला पार्टीबाट सम्मान पाउँदा खुसी भए । पार्टीले मुल्यांकन गरेको रहेछ, बुढेसकालमा सम्मान पाइयो । आजजति खुसी जिवनमा कहिल्यै लागेको थिएन । सम्मान पाउने जेष्ठ नागरिकहरुले खुसी प्रकट गर्दै भने ।

शुक्रबार नेकपा (एमाले) गढवा १ ले पार्टीमा बिगतदेखि योगदान गर्दै आएका जेष्ठ नागरिक र अगुवा कार्यकर्ताहरुलाई एकै ठाउँमा भेला गरि ८० जनालाई सम्मान गरेको छ । एमाले गढवा १ का अध्यक्ष ढकबहादुर महतराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सरकारका सांसद रेवतीरमण शर्माले पार्टीले पुराना नेता कार्यकर्ताहरुको मुल्यांकन गर्ने गरेको र सोही बमोजिम सम्मान गरेको बताए । मनमोहन अधिकारीको पालादेखि १ सयबाट सुरु गरेको बृद्धभत्ता अहिले ४ हजार पुगेको र बुढेसकालको साहारा भएको बताए । पार्टीमा काम गरेपछि कुनै न कुनै दिन मुल्यांकन हुन्छ, त्यसैको प्रतिफल आजको सम्मान कार्यक्रम हो–उनले भने ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य सहजराम यादव, पार्टीका गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारी, बुद्धिजिवी लालमणी गिरी र सम्मानीत ब्यक्तित्व डम्बरबहादुर योगी लगायतले बोलेका थिए । जिल्ला सदस्य कृष्ण गिरीको स्वागत मन्तब्यबाट सुरु भएको सम्मान तथा प्रशिक्षण कार्यक्रमको संचालन गाउँपालिका सदस्य गोबिन्द बोहोराले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस