तुलसीपुरमा एसटुएस कम्पनीको उद्घाटन

तुलसीपुर । दाङको तुलसीपुरमा एसटुएस कम्पनीको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

स्वदेशी तथा विदेशी बस्तुहरुलाई बजारिकरण गरी ‘एक घर, एक रोजगारी’ उत्पादन गर्ने उद्देश्यले एसटुएस ग्लोवल मल्टिट्रेड कम्पनीको उद्घाटन गरिएको हो । सुवास ओलीको अध्यक्षता तथा विष्णु तामाङ्को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा चक्रबहादुर देउपानी, बुद्धिबहादुर श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए । मदन हमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण दिपेन्द्र वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस