तुलसीपुरको प्रमुख प्रशासकीय अधिकृतमा मोहन पौडेल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका कार्यालयमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेका हुन् ।
रोल्पा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका मोहोन पौडेल तुलसीपुरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउन लागेको सूचना अधिकारी बाबुराम पौडेलले जानकारी दिए । तुलसीपुरको बिजौरी निवासी पौडेल उपसचिव हुन् ।
उनी बुधवार तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा आउन लागेक हुन् । यसअघि लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका भाष्करराज गौतमले अवकाश लिएपछि अहिले कृषि शाखा प्रमुख धनराज गौतमले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस