आज ६६औँ प्रहरी दिवस
काठमाडौं । नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको अवसरमा आज बुधबार ६६औँ प्रहरी दिवस मनाइँदैछ । विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरियो ।
कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको हो । प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ । मंगलबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ । आज मुख्य दिन हो । प्रहरी अधिकारीका अनुसार प्रहरी ऐन आएको दिन अर्थात औपचारिक रुपमा नेपाल प्रहरी गठन भएको दिनलाई प्रहरी दिवसका रुपमा मानिँदै आएको छ ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस