करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

दाङ । दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आँफैलाई करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २३ बर्षीय नारायण बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १० बजे बस्नेतलाई बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । अचेत अवस्थाका बस्नेतलाई उद्धार गरि घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा र्पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस