बसको छतमा गितार राख्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको चोरखोलामा गएराति करेन्ट लागेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० निबासी १८ बर्षका रमेश खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।
तुलसीपुरबाट रुकुमका लागि छुटेको रा १ ख ११२६ नम्बरको बसको छतमा गितार राख्ने क्रममा गएराति साढे ११ बजे खड्कलाई हाइटेन्सन लाइनले टाउकोमा करेन्ट लागेको थियो ।
घटना लगत्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याई पुर्याए लगत्तै चिकित्सकले खड्कालाई मृत घोषणा गरेका थिएका । मृतको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । बसलाई प्रहरी चौकी कपुरकोटले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस