एक युवाले समग्र विकासको माग गर्दै भोक हड्ताल

दाङ । दाङमा एक युवाले गाउँपालिकामा समग्र विकासको माग गर्दै ३ दिने भोक हड्ताल शुरु गरेका छन् । बबई गाउँपालिकाको सम्रग विकासको माग गर्दै बबई गाउँपालिका ७ ढोलपुर निवासी युवा भक्त डाँगीले सोमबारदेखि तीन दिने ध्यानाकर्षणको लागि भोक हड्ताल सुरु गरेका हुन् ।

गाउँपालिकाको प्राङगनमा स्थानीय सरकार आएको ५ वर्ष पुग्न केही समय बाँकी रहेको बेला चुनावको बेला घोषणापत्रमा राखेको कुरा र जनाताहरुलाई दिएको आश्वासन पुरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको उनले बताए ।

उनले गाउँपालिका वडा नं. १ र ७ मा पर्ने मध्यवर्ती क्षेत्र निुकञ्जको बस्ती व्यवस्थापन गर, स्वास्थ्य चौकी लगायत अलपत्र हस्पिटलहरुमा सेवा सुविधा सम्पन्न गर्न, वडा नं. १, ५, ७ लगायतका क्षेत्रमा विद्युतको सञ्चार बिहीन हुदाँ त्यस क्षेत्रमा तत्काल समस्या समाधान गर्न माग गरेका छन् । त्यस्तै वडा नं. १, ७, ५ लगायत विकट क्षेत्रमा बाटोको समस्या समाधान भएको भन्दै बाटो निर्माणको लागि समेत माग गरेका छन् ।

उनले गाउँपालिका भित्रका सबै टोलमा सहज खानेपानीको व्यवस्था गर्नु पर्ने र पालिका स्तरिय खेलकुद समिति गठन गरी युवा तथा खेलकुद विकासको व्यवस्था गर्न समेत आग्रह गरेको ।

त्यस्तै छुटेका सबै खरवाला घरमा टिन वितरण गर्न, बाढि पिडीतलाई राहतको रकम छिटो हस्तान्तरण गर्न र विद्युत नपुगेका विकट बस्तीका सबै घरमा सोलार जडान गर्ने जस्ता दश बुँदे माग राखेका छन् ।

गाउँपालिका भित्रका जनप्रतिनिधीहरुले जनताहरुलाई सधै आश्वासन मात्रै दिने गरेको भन्दै आफुले माग गरेको कुराहरु पूरा नभए बृहत रुपले आन्दोलन गर्ने समेत उनको भनाइ छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको भोक हड्ताल असोज २० गते बेलुकासम्म रहने उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस