तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष चालिसेद्वारा मेट्रो अस्पतललाई सहयोग

तुलसीपुर । तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष चालिसेले मेट्रो अस्पतललाई २१ हजार सहयोग सहयोग गरेका छन् । स्वर्गीय बुवा टंकुप्रसाद चालिसे र आमा बेदीकुमारी चालिसेको स्मृतिमा अध्यक्ष चालिसे र उनका दाजुहरु झग्गुप्रसाद चालिसे र मिनप्रसाद चालिसेले अस्पतालको स्तरबृद्दिका लागि सो रकम सहयोग गरेका हुन् ।

तुलसीपुर उद्योग बाणिज्य संघले सञ्चालन गरको सहयोग रकम सकलन र स्तरबृद्दिको अभियानलाई थप टेवा पुग्ने उद्देश्यले सो रकम बाणिज्य संघका कोषाध्यक्ष देबबहादुर केसीलाई हस्तान्त्रण गरिएको कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए ।

यता तुलसीपुर ८ अश्वारामा सञ्चालनमा रहेको मेट्रो अस्पतालको स्तरबृद्दि र स्वास्थ्य उपकरण थप गर्नका लागि ९० दिने सहयोग कार्यक्रम तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा हिजोदेखि सुरु गरिएको महासचिब बिनिल केसीले जानकारी दिए ।

जनस्तरबाट रकम सकलन गरी सञ्चालन गरिएको मेट्रो अस्पतालको स्तरबृद्दिका लागि सहयोग गर्न सबै पक्षसँग तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघले अपिल समेत गरेको छ ।

सहयोग गर्न चाहाने महानुभावहरुले बाणिज्य संघको कार्यालय तुलसीपुर अथवा ग्लोबल आईएमई बैकको चहिन ५७०१०१००००४१२ तुलसीपुर चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिजको नमामा रकम जम्मा गरेर सचिवालयमा जानकारी गराइदिन आब्हान गरेको छ ।

यसअघि कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न नगरपालिकाले सहयोगको याचना गरेको थियो । देश बिदेशबाट ठूलो रकमसमेत संकलन भयो तर प्लान्ट स्थापना अझै सम्म पनि हुन सकेको छैन ।

सो समयमा सकलन भएको रकम दिन रात गरी अस्पतालको भौतिक सम्म्रचना र प्राविधिक बिकासमा लगाएर छोटो समयमा नै कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याईएको थियो ।

जसका कारण पश्चिम दाङ र छिमेकी जिल्लाका धेरैभन्दा धेरै नागरिकहरको उपचरमा सहयोग भएको फोकल पर्सन बिमल केसीले बताए ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस