एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु

दाङ । दाङको घोराहीमा आजदेखि एक हप्ते आधारभूत पत्रकारिता तालीम सुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा आजबाट नेपाल पत्रकार महासंघदाङको सभाहलमा सुरु भएको हो ।

आजबाट सुरु भएको तालिममा बिहानी सिफ्टमा २० जना र दिवा सिफ्टमा २० जना गरी ४० जना सहभागी भएका छन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

तालिम आजबाट १८ गते सम्म चल्ने छ । तालिमको प्रशिक्षकमा निवर्तमान अध्यक्ष गोबिन्द आचार्य रहेका छन् । कार्यक्रममा इन्ठटरनेशनल अलर्टका कार्यक्रम संयोजक हिरन्य क्षेत्री, नेपाल पत्रकार महासंघकी कार्यक्रम संयोजक संर्घष पन्त, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस