स्व.देबकोटाको सम्झनामा मानवसेवा आश्रमलाई २० हजार सहयोग

तुलसीपुर । दंगीशरण गाउँपालिका वडा नमबर ७ निवासी राघव देवकोटाद्वारा स्व. बुवा नेपाली कांग्रेसका तत्कालीन क्षेत्रीय सभापति बसन्तकुमार देवकोटाको छैटौं स्मृति दिवसको अवसरमा मानवसेवा आश्रममा एकदिनको दिवा भोजन सेवाका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं पुर्व सिंचाई मन्त्री दिपक गिरी, नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगी, नबनिर्बाचित तुलसीपुर नगर सभापति शुरेस हमाल, तरुण दल दाङका अध्यक्ष टीका घर्तीलगायतले स्वर्गीय देबकोटाको जिवनीका बारेमा चर्चा गरेका थिए ।

सो अबसरमा स्वर्गीय देबकोटाकाभाई दोर्ण देबकोटाले सबैमा धन्यवाद ज्ञापन गरेका थिए । मानब सेवा आश्रममा रहेका करिब २० जना जेष्ठ नागरिकहरुलाई एकदिनको भोजन गराईएको थियो ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस