राप्तीको पडाडि क्षेत्रमा लैङ्गिक समता तथा सामाजिक समावेशीकरण बारे अभिमुखीकरण

दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिका कार्य क्षेत्र बनाएर लैङ्गिक समता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र इलामले वडा नं. ९ मा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले राप्ती गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत रहेर लैङ्गिक समता तथा सामाजिक समावेशीकरण सम्बन्धी एकदिने समुदायस्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

राप्ती गाउपालिका वडा नं २ को विकट क्षेत्रको रुपमा रहेको बाउनीपाटा र ९ नं वडाको घोषखोला, जाबुने, रातामाटा र जाकिनेममा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम अधिकृत शशाङ्क वावु आचार्यले जानकारी दिए । समानतामुलक समावेशीता र सहभागितामूलक सिद्धान्त्तका आधारमा सबैप्रकारका वीभेद्को अन्त्य गर्दै समतामूलक समाजको निर्माण र सामाजिक न्याय सुनिश्चिता तथा लैविक समानता र सामाजिक समावेशीकरण आन्तरिकीकरण गर्न आवश्यक रहेको बताउँदै कार्यक्रममा सहभागीहरुलाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण निर्देशिका २०७७ बारेमा समेत जानकारी गरिएको छ ।

शासकीय क्रियाकलापबाट अलग हुन पुगेका सबै वर्ग, क्षेत्र र समुदायका नागरिकलाई राज्यको शासन सञ्चालन, कानुन निर्माण तथा सार्वजनिक नीतिको तर्जुमा र कार्यान्वयन एवं मूल्यांकनमा समान पहुँच र समान प्रतिनिधित्व गराउने माध्यम र समावेशीकरणले राज्यका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक स्रोत–साधनमा सबैको समान पहुँच र लाभको वितरणमा समान हिस्सेदारी का वारेमा जानकारी दिदै समावेशीकरणका लागि विभिन्न विधि एवं औजारको प्रयोग गर्ने विधि, आरक्षण, सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व सशक्तीकरण आदि समावेशीकरणका र लोकतान्त्रिक मुलुकले देशको आर्थिक, सामाजिक विकास, सामाजिक रूपान्तरणका लागि सामाजिक समावेशीकरणको नीतिलाई अंगीकार गरेको लगायतका विषयमा जानकारी गरिएका थिए ।

ग्रामिण क्षेत्रमा सम्पन्न गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा समुदायका महिला तथा पुरुषहरुले घरायसी, सामाजिक तथा व्यवसायमूलक कार्यहरुमामा देखे, भोगेका लैङ्गिक तथा सामाजिक विभेद् बारे छलफल गर्दै आफ्नो समुदायलाई लैङ्गिक समतामूलक तथा समावेशी बनाउन सुझाव गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रकी जिस्ट अधिकृत स्मृति देवकोटा तथा कार्यक्रम अधिकृत शशाङ्क वावु आचार्यले सहजीकरण गरेका अभिमुखीकरण कार्यक्रमबाट समाज रुपान्तरणमा सहयोग पुग्ने आशा गराएको छ ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस