रुकुममा पहिलो पटक बुबाको काज किरिया छोरीले गरिन्

रुकुम पूर्व । रुकुम पुथाउत्तरगंगा १२ कोलमा पहिलो पटक बुबाको काज किरिया छोरीले गरेकी छिइन् । छोरा नै काज किरियामा बस्नुपर्ने समाजको मान्यतालाई तोड्दै पुथाउत्तरगंगा १२ कोलकी १५ वर्षीया भावना पुन मगरले दिवंगत बुबाको काज किरिया गरिकी छिइन् ।

स्थानीय बुद्धिजीवी जुनप्रसाद पुन मगरको यही असोज ५ गते मंगलबार निधन भएको थियो । मृतक पुनको एक मात्र छोरा रहेकोमा छोरा रोजगारको शिलशिलामा विदेश भएपछि घरमा छोरी भावनाले बुबाको काजकिरिया गरेकी स्थानीय सुजन पुन मगरले जानकारी दिए ।

आमा, बुवाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने समाजको गलत मान्यता पुनले तोडेकी छिइन् । छोरा र छोरीमा कुनैपनि भेद्भाव गर्नु हुँदैन भन्ने सन्देश भावनाले दिइकी छिन् ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस