ज्योति लाईफ ईन्सुरेन्सले ५४ लाख हस्तान्तरण

दाङ । ज्योति लाईफ ईन्सुरेन्सले तुलसीपुर निवासी रोमकान्त पाण्डेकी श्रीमती स्वर्गीय गगादेबि पाण्डेको निधन पश्चात ५४ लाख हस्तान्तरण गरेको छ । गगादेबि पाण्डेले जिवन बिमा गरे बाफत उनीको निधन पश्चात बिहीबार एक कार्यक्रमका बिच ज्योति लाईफ ईन्सुरेन्सले ५४ लाख ५८ हजार २३ सय ३३ रुपैयाँको चेक पाण्डेको परिवारलाई हस्तान्तरण गरेको थियो ।

स्वर्गीय खड्काले २०७६ सालमा ५० लाखको जिवन बिमा गराएका थिए । उनको २०७८ साल जेष्ठ ३ गते असामयिक निधन भएको थियो । सो अबसरमा ज्योति लाईफ ईन्सुरेन्सका रिजनल म्यानेजर मोहन पुरीको अध्यक्षता एवम् तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यमा भएको चेक हस्तान्त्रण कार्यक्रममा तुलसीपुर शाखा प्रमुख कमल सिंह खडका, बाणिज्य सघका महासचिब बिनिल केसी, कोषाध्यक्ष देबबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीलगायतकाले बोलेका थिए ।

कार्यक्रममा गंगादेबि पाण्डेपरिवारले ज्योति लाईफ ईन्सुरेन्सलाई धन्यवाद ज्ञापन गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस