नेपाल नाई संघले गर्याे नयाँ दररेट सार्बजनिक
दाङ । नेपाल नाई संघ इकाई कार्य समितिले नयाँ दररेट सार्बजनिक गरेको छ । दाङको लमहीमा नाइँ संघ इकाई कार्य समिति देउखुरीका अध्यक्ष जगनारायण चौधरीको अध्यक्षतामा बसेको बैठकले नयाँ दररेट सार्बजनिक गरेको हो ।
अब कपाल काटेको १०० रुपैयाँ, दार्ही काटेको ८० रुपैयाँ, क्याटलक दार्ही कटाइ १५० रुपैयाँ तय गरिएको छ । त्यस्तै गरी फेस मसाज ३०० रुपैयाँ, मेसिनले दार्ही काटेको ५०, फेस विलिचिङ ५०० रुपैयाँ, टाउको मसाज १००, कपाल स्टेट ५०० देखि १५०० सम्म, कपाल रेजर ५०, आइ ब्रो थ्रेडिङ १००, किटफेसियल १२०० देखि १५०० र कपाल कलर गरेको ३०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
अब चाडपर्वलाई मध्य नजर गर्दै शनिवार पनि पसल खोल्ने निर्णय गरिएको संघका अध्यक्ष चौधरीले बताए । संघका अध्यक्ष जगनारायण चौधरीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण हमित सहमानिले गरेका थिए ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस