लागूऔषध बिक्री वितरण गर्ने मेडिकल सञ्चालिका पक्राउ

दाङ ।   तुलसीपुरमा प्रहरीले लागूऔषध बिक्री वितरण गर्ने मेडिकल सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ दुधेना घर भई हाल तुलसीपुर ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिला कुमारी सुनारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बुधबार मध्यान्ह १२ बजे तर अवैध लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार उनको साथबाट एन्टिटीसिभ ट्याब्लेट, ११२६ , एन्टिकोफ ट्याब्लेट ५०४, ट्रामाडोल ट्याब्लेट १६०४ र सी–ट्रायब १५६ बरामद गरेको हो । साथै उनका साथबाट ६ वटा मोबाइल र नगद १ लाख १६ हजार ८५० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको । त्यस्तै प्रहरीले उनी माथि थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस