रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर दुई मृत्यु
रोल्पा । रोल्पा नगरपालिका हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ बस्ने २५ वर्षीया संगीता पुन र उनकी छोरी २ वर्षिया छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार बारीबाट घरतर्फ जाने क्रममा भीरबाट ढुंगा खसेर लागेको थियो । खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस