पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

गुल्मी । गयरातीदेखि परेको अबिरल बर्षाको कारण पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको रेसुङगा नगरपालिका ८ तम्घास थुम्का लाईन बस्ने तिलक परियारका छोरीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा २१ वर्षिया भावना परियार, १४ वर्षिया गंगा परियार र जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डले जानकारी दिए ।

घर माथीबाट ढुङ्गा माटोसहितको पहिरो आई उक्त घरको बिचको कोठामा सुतिरहेका परियारका छोरिहरु पुरिएका हुन । स्थानीय, नेपाली सेना र नेपाल प्रहरी ससस्त्रको संयुक्त सहयोगमा तीन जनाकै शव मृत अवस्थामा निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस