मेट्रो अस्पतालमा असोज ११ देखि ओपीडी सेवा सुचारु हुने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो अस्पतालमा असोज ११ गतेदेखि ओपीडी सेवा सुचारु हुने भएको छ । तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालन तथा ब्यबस्थापन समिति र सरोकारवाला बीच भएको बैठकमा यहि असोज ११ गतेदेखि अस्पतालमा ओपीडी सेवा संचालन गर्ने बारे छलफल भएको हो । कोरोना माहामारीको दोस्रो लहरलाई मध्येनजर गदै संचालनमा ल्याईएको अस्पतालमा अहिले कोरोना संक्रमित बिरामीको उपचार हँुदै आएको छ । तर पछिल्नो समय संक्रमितको बिरामी घटेपछि अस्पतालमा ओपीडी सेवा संचालन गर्ने तयारी थालिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
साथै बैठकले अस्पतालको थप पूर्वाधार ब्यबस्थापनका लागि सोह्र श्राद्धमा १६ दिने आर्थिक संकलन अभियान चलाउने निर्णय भएको छ । थप आर्थिक संकलन गर्ने उद्देश्यका साथ १०० दिने अभियानकाका लागि १०१ सदस्य सहयोग संकलन समिति गठन गर्ने निर्णय भएको उनले जानकारी दिए । बैठकमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख घनश्याम पाण्डेले अस्पतालको भावि योजनासहित प्रस्ताव पेश गरेका थिए । यस्तैगरी अस्पतालको हालसम्मको कार्य प्रगति विवरणको बारेमा अस्पतालका मेसु डाक्टर प्रकाश शाहूले प्रस्तुत गरेका थिए ।
सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, तुलसीपुर वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, अक्सिजनको लागि मेरो एकहजार अभियानका अभियन्ता पदमप्रसाद पोखरेल, तुलसीपुर चम्बर अफ कमर्सका सचिव प्रेम गिरी, तुलसीपुर जेसिजका अध्यक्ष नारायण भट्टराई, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशिल बस्नेत, नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्य,ब ालअधिकारका क्षेत्रमा काम गर्ने अभियन्ता नरेन्द्र ओली, आर्थिक सहयोगी दाता अस्मिता भण्डारी लगायतले अस्पतालको थप सेवा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।