शिक्षक संगठन गढवाको दोस्रो अधिवेशन
अध्यक्षमा बासुदेव पाण्डेय निर्वाचित

देउखुरी । नेपाल राष्ट्रिय शिक्षक संगठन(ल्ल्त्ब्) गढवाको दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ । दोस्रो अधिवेशनले बासुदेव पाण्डेयको नेतृत्वमा १५ सदस्यिय (ल्ल्त्ब्) गढवाको सर्बसम्मत कार्यसमिति चयन गरेको संगठनका लुम्बिनी प्रदेश प्रतिनिधी मुक्तिप्रसाद शर्मा अधिकारीले जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेतको प्रमुख आतिथ्यमा देउखुरीको लमहीमा आइतवार सम्पन्न दोस्रो अधिवेशनमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव, नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य नारायण डीसी छम्पाली, शिक्षक नेताहरु मिनराज शर्मा, मुक्तीपसद शर्मा, शेरबहादुर डाँगी लगायतले दोस्रो अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

दोस्रो अधिवेशनले उपाध्यक्षमा राधा गौतम, सचिवमा बासुदेव बेल्वासे, सहसचिवमा रेश्मा योगी, कोषाध्यक्षमा हनुमान यादव र सहकोषाध्यक्षमा अमरदेवि चौधरीलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा रामबहादुर महतरा, बिरबहादुर चौधरी, मिना केसी, चुडामणि अधिकारी, बिष्णु बस्नेत, सविता ढुंगाना, साबित्रा चौधरी, प्रेम भण्डारी र अनिता महतरालाई निर्विरोध निर्वाचित गरेको संगठनले जनाएको छ ।
त्यसैगरी संगठनको लुम्बिनी प्रदेश सदस्यमा मुक्तिप्रसाद शर्मा, ज्ञानहरी रिजाल र सरिता बिष्टलाई चयन गरेको बताइएको छ । कार्यक्रमको संचालन शिक्षक पुर्णबहादुर वलीले गरेका थिए ।