मेयरलाई आक्रमण गर्ने युवक पक्राउ

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ परेका छन् । उनले सोमबार बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ । पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस