दाङमा खोलाले अटो बगाउँदा आमाछोरी घाईते

दाङ । पश्चिम दाङको पातेटाकुरा खोलाले अटो बगाउँदा आमाछोरी घाईते भएका छन् ।
घाईते हुनेहरुमा शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटी निवासी ३५ बर्षिया शान्ता टमटा र उनकी ५ बर्षिया छोरी तिला टमटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बताए ।
तुलसीपुरदेखि चिराघाट तर्फ जाँदै गरेको रा १ ह ३१०९ नं. को अटो सोमबार बेलुका करिब ५ बजेतिर पातेटाकुरा खोलाले बगाएको थियो । शान्तिनगर गाउँपालिका ३ बस्ने बर्ष ५२ का चालकको अवस्था भने सामान्य रहेको छ ।
प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस