गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेण्टर संचालनमा

देउखुरी । देउखुरीको गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेण्टर संचालनमा आएको छ । संचालक प्रसान्त सिंह डिसीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले सोमबार फिटनेश सेण्टरको उद्घाटन गरेका हुन् ।

जिम एण्ड फिटनेश सेण्टरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले मानव स्वास्थ्यका लागि उपयोगी यो सेन्टर गाउँपालिकाको एक महत्वपूर्ण गहना भएको भन्दै पालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताए । कार्यक्रममा वडा अध्यक्ष हमालले गढवा क्षेत्रमै पहिलो पल्ट जिम हाउस संचालनमा आएकोमा गढवाबासी सबैको गर्भको बिषय भएको बताए ।

जिम सेन्टरमा सबै उमेर समूहका महिला, पुरुषहरुका लागि जिम तथा शारीरिक ब्यायामका लागि सबै खालका एकसय बढी सामाग्रीहरु रहेको पाइएको छ । सबै खाले जेनेरेशनका लागि उपयोगी होस् भनेर ब्यायामका लागि विभिन्न प्रकारका सामानहरु ल्याएका छौं–संचालक खिमबहादुर बुढा मगरले बताए । युगको आवश्यकतालाई बोध गदै दक्षिण देउखुरी क्षेत्रमै पहिलो पल्ट जिम सेन्टर संचालनमा ल्याएका छौं । तीन प्रकारका प्याकेजमा सुविधा प्रदान गर्ने योजना बनाएका छोै संचालक प्रसान्त सिंह डिसीले भने ।

दक्षिण देउखुरी क्षेत्रमा पहिलो पल्ट ठूलै लगानीमा सुरुवात गरिएको उक्त जिम सेन्टरको संचालकमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर र युवा उद्यमी प्रसान्त सिंह डिसी रहेको छ । बिहान ५ देखि ९ सम्म र बेलुका ४ देखि ९ बजेसम्म खुल्ने सो फिटनेश सेन्टरमा तीन प्याकेजका शुल्कको कार्यक्रम तय गरिएको छ । जस अनुसार तिन महिने प्याकेजका लागि प्रबेश शुल्कसहित ४ हजार ६ सय शुल्क रहेपनि १ हजार १ सय छुट गरि कुल शुल्क ३ हजार ५ सय रहेको छ ।

त्यस्तै ६ महिने प्याकेजमा १ हजार प्रबेश शुल्क सहित ८ हजार २ सय रहेको र १ हजार ७ सय छुट गरि जम्मा ६ हजार ५ सय शुल्क रहेको छ भने एकबर्षे प्याकेजमा १ हजार प्रबेश शुल्कसहित १५ हजार ४ सय शुल्क रहेकोमा ३ हजार ४ सय छुट गरि जम्मा १२ हजार शुल्कः रहेको संचालकद्धयले जानकारी दिए । उद्योगले गढवा गाउँपालिकाबाट बैधानिक मान्यता प्राप्त गरेको र आन्तरिक राजश्व कार्यालयमा जाने तयारी भैरहेको संचालकले बताए ।

उद्घाटन कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, निवर्तमान अध्यक्ष रविलाल आचार्य, रेडक्रस उपशाखाका उपसभापति कोकिला शाही, चेतनशिल महिला समाज केनद्रका अध्यक्ष सकुन्तला डिसी, खेल प्रशिक्षक किरण पौडेल र जिम हाउसका प्रशिक्षक राजेश यादवलगायत स्थानीय समाजसेवी र ब्ववसायीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस