दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

दाङ । दाङका कोरोना संक्रमित एक पुरुषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ का ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पताल भर्ना भएका थिए । मृतक पुरुषमा कोरोना संक्रमणसँगै निमोनिया र स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस