संविधान दिवसका अवसरमा दिप प्रज्ज्वलन

दाङ । तुलसीपुर उपमहानगरपालिकाले संविधान दिवसका अवसरमा दिप प्रज्ज्वलन गरेको छ । उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर साँझपख दिप प्रज्ज्वलन गरेको हो । नगर प्रमुख घनश्याम पाण्डेले दिप प्रज्ज्वलन गर्दै संविधान कार्यान्वयनका सबैले आ–आफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नगर प्रवक्ता सूर्यबहादुर डाँगीको अध्यक्षाता एवं नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका नेताहरु मेघराज भुसाल, शेवकराम भण्डारी, तुलसीपुर उपमहागनरपालिका ३ का वडा अध्यक्ष विजय विक, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, मावि सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, अमर मावि उरहरीका प्रधानाध्यापक पदमबहादुर वली, यान्त्रीक शाखा प्रमुख प्रमुख केशव डाँगीलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी दंगीशरण गाउँपालिका युवा संजालले आईतबार संविधान दिवस मनाएको छ । संजाले आज दंगीशरण ३ हेकुली चौकमा दिप प्रज्वलन गरी संविधान दिवस २०७८ मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि चौधरीले नेपाली जनताको रक्षाका लागि बनाईएको संविधान गणतन्त्रात्मक संविधान बचाई राख्न हरेक बर्ष संविधान दिवस मनाए पनि हरेक जनताले यस संविधानको अनुभूति गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा ग्रीन फाउण्डेसन अफ नेपाल दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा समाजसेवी नेता एमएन शाह, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी, ३ नं. प्रदेश युवा संजालका सदस्य पारस खड्का, युवा संघ दंगीशरणका सचिव जेनीश कवरलगायतले आआफ्नो भनाई राखेका थिए । संजालका अध्यक्ष चक्रमिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संजालका सचिव अंकित आचार्यले गरेका थिए । दिप प्रज्वल कार्यक्रममा स्थानीय नेता, विभिन्न संघसंस्थाका प्रतीनिधि,स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी दंगीशरण गाउँपालिका वडा नं. ५ ले पनि संविधान दिवस मनाएको छ । वडाले एक अन्र्तक्रिया कार्यक्रमका बिच दिप प्रज्वलन गरी दिवस मनाएको हो । वडा नं. ५ बालापुरमा दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा प्रमुख अतीथि प्रदेश सभा सदस्य सांसद दामा शर्माले नेपाली जनताको वलीदानबाट प्राप्त भएको संविधान गणतन्त्र प्रतिको सम्मानलाई बचाई राख्न जरुरी रहेको बताएका छन् । दश बर्षको जनयुद्धबाट पाएको संविधान जनअपेक्षामूखी हुनुपर्ने उहाले ठोकुवा गरे ।

वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस