मेट्रो कलेजमा संविधान दिवस कार्यक्रम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख संविधान कार्यान्वयनमा सबै नागरिकको भुमिका हुने कुरा वताएका छन् । संविधानमा लेखेर मात्रै नागरिकको अधिकार सुनिश्चित नहुने वताउँदै नागरिक स्वयम् चनाखो हुनुपर्ने उनको भनाई थियो ।

तुलसीपुर मेट्रो कलेज विएएलएलबी कार्यक्रमको आयोजनामा भएको संविधानको कार्यान्वयनका जटिलता विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले स्थानीय सरकारका हिसाबले संविधानबाट पाएको अधिकार कार्यान्वयनमा विशेष पहल गरेको समेत उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार डा. तिलक आचार्यले कानुनका विद्यार्थीहरुले संविधानको बारेमा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको वताए । उनले कानुनमा समावेश गरिएका कुराहरु अझै कार्यान्वयन हुन नसकेको दुख समेत व्यक्त गरे । उनले संविधानमा मौलिक हकको व्यवस्थालाई पूर्णत कार्यान्वयनमा सबैले भुमिका खेल्नुपर्ने वताए ।

कार्यक्रममा विश्वविद्यालयमा डिन डा. रामचन्द्र पौडेल, पत्रकार डिआर घिमिरे, कलेज प्रमुख वसन्त आचार्य, विद्यार्थीहरु बाबुराम बरै र तिर्सना रोका लगायतले संविधान कार्यान्वयनका विभिन्न पक्षका बारेमा चर्चा गरेका थिए । कानुन संकायका संयोजक गोपाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रेया गौतमले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस