दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ७ बुटनिया निवासी २२ बर्षीया प्रमिला चौधरी रहेकी छिन् । करेन्ट लागेर घाईते भएकी चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस