दाङमा टेक्टर दुर्घटना हुँदा तीन जना घाईते

दाङ । दाङको पश्चिममा टेक्टर दुर्घटना हँुदा तीन जना घाईते भएका छन् । घाईते हुनेमा टेक्टरमा सवार बबई गाउँपालिका वडा नम्बर ६ बस्ने १८ बर्षिय धनराज थापा, सोही ठाउँका १६ बर्षिय रोसन वली र १९ बर्षिय छवि बुढाथोकी रहेको प्रहरीले बताएको छ ।
पश्चिमदेखि पन्चकुले आउँदै गरेको रा १ त २८८३ नम्वरको टेक्टर शान्तिनगर गाउँपालिका ६ अमुवा नजिकै शनिवार दिउँसो दुर्घटना भएको प्रहरीले बताएको छ ।
टेक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको बताईएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । टेक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस