सापू रोगको जोखिम: सेतो पुतलीदेखि सावधान
दाङ । सेतो पुतलीका कारण लाग्ने सापू रोगको प्रभाव देखिएको भन्दै दाङमा पनि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै दाङमा पनि यस्को जोखिम निम्तिन सक्ने भएकाले सबैलाई सचेत रहन नेत्र विशेषज्ञ डा. सुरेश रसाईलीले आग्रह गरे ।
आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षण सापू भएकाहरूमा देखिने भएकाले सावधानी अपनाउन आँखारोग विशेषज्ञ डा. रसाईलीले अनुरोध गरे । दाङका पहाडी स्थानहरु सैघा, खुमखानी, स्युजा, बंग्लाचुलीलगायतका ठाउँहरुमा यस्को जोखिम धेरै हुने उनको भनाई छ ।
सेतो पुतली बसेको कपडा प्रयोग गर्दा वा त्यसलाई छुदा त्यसको जोखिम आँखासम्म पुग्ने उनले बताए । घरको झ्याल खुल्ला नराख्ने, कोठामा धेरै उज्यालो बत्ति नबाल्ने लगायतका कुरामा ध्यान दिन उनको सुझाव छ ।
प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस