तुलसीपुरमा खुल्यो आधुनिक पार्लर र बेकरी क्याफे

तुलसीपुर । तुलसीपुरमा आधुनिक पार्लर सञ्चालनमा आएको छ । बिश्वकर्मा बाबाको पुजाको दिन पारेर ख लाईनस्थित लोकप्रिय युनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी एन्ड क्याफेको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

पार्लर र बेकरी क्याफेको संयुक्त रुपमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले एक कार्यक्रमका बिच रिवन काटेर समुदघाट्न गरेका हुन् । तुलसीपुरमा अहिलेसम्मकै आधुनिक पार्लर सञ्चालनमा आएपछि सेवाग्राहिहरु खुसी भएका छन् । पार्लरमा लेडिज तथा जेन्सलाई आबश्यक पर्ने सेवाहरु प्रदान गर्न काठमाडौं र बुटवलका दक्ष जनशक्तिहरु ल्याईएको लोकप्रिय युनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी क्याफेका सञ्चालक घनश्याम डाँगीले जानकारी दिए ।

हेयर कटिङ, फेसिएल, हेयर कलर, हेयर केराटिन, नेल आर्ट, मेनिकेर, पेडिकेर साथै पार्लर सम्बन्धी सेवाहरु सञ्न्चालनमा ल्याईएको हो । जिल्लामै पहिलो पटक तुलसीपुरमा सुविधा सम्पन्न एसीसहितको सैलुन र बेकरी क्याफे करिब ५० लाखको लगानीमा सुरु गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस