२०८० असोज ७ गते आइतवार

दाङको तुलसीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुने

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा असोज ८ गते दाङको तुलसीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुन भएको छ । सामुदायिक वनका अधिकारका बिषयमा खवरदारी गर्न सम्मेलन हुन लागेको हो । असोज ८ गतेदेखि तीनदिनसम्म तुलसीपुरमा हुने सामुदायिक वन अधिकार सम्मेलनसहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय कार्यसमितिको छैठो बैठकलाई सफल पार्न आज बिहीबार घोराहीमा भएको तयारी बैठकले कार्यक्रमलाई सफल पार्न विभिन्न कार्यक्रम तयार पारेको बैठकपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका प्रवक्ता हेमराज शमाले जानकारी दिए ।

बैठकले सम्मेलनमा सामुदायिक वनका उपभोक्तासहित वन अधिकारकर्मी तथा सरोकारवालाहरुका उपस्थिति, कार्यक्रमका ब्यवस्थापन, सवालगत छलफल तथा स्थानीय तहमा देखिएका समस्यालाई सम्मेलनमा प्रस्तुत गरी निष्कर्षमा पुग्ने निर्णय समेत गरेको छ । बैठकले जिल्ला महासंघका कोषध्यक्ष कमलराज पोख्रलको संयाजकत्वमा आर्थिक उपसमिति, जिल्ला सदस्य नवराज शर्माका संयोजकत्वमा सहभागि ब्यवस्थापन उपसमिति, प्रदेश उपाध्यक्ष तिलक भण्डारीको संयोजकत्वमा ब्यवस्थापकिय उपसमिति र सचिव जानका केसीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति गठन गरेको छ ।

करिब ५ हजार जनाको सहभागितामा सम्पन्न गरिने सामुदायिक वन अधिकार सम्मेलमा संंगठनको सुदृणीकरणसहित संरक्षण क्षेत्र बिस्तार, दीगो वन ब्यवस्थापन कार्यान्वयनको अवस्था, संघ, प्रदेश र स्थानीय सरकारल तयार पारेका सामुदायिक वनका ऐन, सरकारको नीति तथा कार्यक्रमकालगायतका सवालमा छलफल गरिने बैठकपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिए ।

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एंव सामुदायिक वन उपभोक्ता महासंघ नेपालका उपाध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सचिव ठाकुर भण्डारीको बिशिष्ट आथिथ्यतमा भएको बैठकमा सहभागिले सामुदायिक वन सम्मेलन तथा राष्ट्रिय कार्य समितिको बैठक सफल पार्न सवैले सहयाग गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा उपस्थित दाङका दशवटै पालिकाका अध्यक्षहरुले तुलसीपुरमा हुने कार्यक्रमलाई सफल पार्न आफूले लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन । बैठकको सहजीकरण जिल्ला सचिव जानका केसीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस