लुम्बिनी प्रदेशसभा : स्थगित बैठक अझै बस्न सकेन

बुटवल । लुम्बिनी प्रदेश सभाको बिहीबारको स्थगित भएको अझै सुचारु हुन सकेको छैन् । बैठक सुरु भएलगत्तै नेकपा एमालेले बैठक अबरुद्ध गरेको गर्दा बैठक स्थगित भएको थियो ।

सभामुख पूणर्बहादुर घर्तीले बैठकको कारबाही सुरु गरेलगत्तै एमाले प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका छन् । नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

निर्धारित समयभन्दा करिब पौने घण्टा ढिला सुरु भएको प्रदेश सभाको बैठक सुरु हुनासाथ एमाले प्रदेश सभा सदस्यहरूले टेबुल ठटाएर बिरोध गर्नुका साथै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस