प्रेस काउन्सिलद्वारा दाङका तीन पुरस्कृत

दाङ । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । पुरस्कार लगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले तीन दर्जन बढि पत्रकारलाई पुस्कृत गर्ने निर्णय गरेको हो।
जस अनुसार दाङबाट दुईजना पत्रकार र एक जना साहित्यिक पत्रिका सम्पादक पुरस्कृत हुन लागेको प्रेस काउन्सिलले जनाएको छ । पुरस्कृत हुने पत्रकारहरूमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा कान्तीपुर राष्ट्रिय दैनिकको उपसम्पादक दुर्गालाल केसी, नागरिक राष्ट्रिय दैनिकका दाङ संवाददाता देवेन्द्र बस्नेत रहेका छन् । त्यस्तै राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष तथा साहित्यिक पत्रिकाका सम्पादक पुरुषोत्तम खनाल रहेका छन् ।
केसी प्रेस काउन्सील सशक्त सञ्चारकर्मी पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन् । त्यसैगरी बस्नेत प्रेस काउन्सील युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन् । त्यस्तै, खनाल प्रेस काउन्सील साहित्यक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन् । उनी लामो समयदेखि अन्र्तध्वनी साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादक रहेका छन् ।

