दाङमा हावाहुरीले लाखौँको तरकारी खेती नोक्सान
दाङ । आज मंगलबार दिउँसो हावाहुरीसहित परेको पानीले भट्टे कृषी सहकारी संस्थाको टमाटर खेती नष्ट गरेको छ । प्रधानमन्त्री कृषी आधुनिकि करण परियोजना अन्र्तगत कृषी ज्ञान केन्द्रको सहयोगमा संचालित भट्टे कृषी सहकारी संस्थाले उत्पादन गरेको टमाटर खेती हावाहुरी सहित परेको पानीले नष्ट गरेको हो ।
तुलसीपुर उपमहानरपालिका वडा नं. ३ भट्टेमा करिव डेढ विगाहा जग्गामा लगाईएको टमाटर खेती मध्ये १४० वटा टनेलको टमाटर नष्ट भएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर वलीले जानकारी दिए ।
प्रधानमन्त्री कृषी आधुनिकी करण अन्र्तगत ५० लाखको लागतमा लगाईएको टमाटर मध्ये करिब ४० लाखको क्षति भएको अध्यक्ष वलीले जानकारी दिए । पाकेर बजारीकरणको लागि तयारी अवस्थामा रहेको टमाटर नष्ट भएपछि कृषक चिन्तित भएका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस