बाँकेमा बाघले मान्छे खायो

बाँके । बाँकेमा बाघले मान्छे खाएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका १ गाभरमा एक ब्यक्तिलाई बाघले खाएको हो । गाभरको भेरी राप्ती स्टाफ होटेलमा काम गर्दै आएका अन्दाजी ४५ बर्षिय ‘भैया’ भनिने ब्यक्तिलाई बाघले आक्रमण गरि लगेको र उनको आधार शरिर बाघले खाएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

उनलाई आईतबार बेलुका महेन्द्र राजमार्गबाट बाघले झम्टेर लगेको थियो । सोमबार बिहान महेन्द्र राजमार्गदेखि ५ सय मिटर उत्तर बाँके राट्रिय निकुञ्ज क्षेत्रमा उनको शब भेटिएको थियो । बाघले उनको आधा शरिर खाईसकेको अवस्थामा शब फेला परेको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस