राजपुरमा स्वास्थ्य संस्थाहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी

दाङ । राजपर गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा आइतवार सम्पन्न भएको छ । गाउँपालिकाभरका स्वास्थ्य संस्थाहरुले बर्षभरी गरेका कामहरको बार्षिक प्रगति समिक्षा र सुधार गर्नुपर्ने पक्षका बारेमा २ दिने समिक्षा गरिएको स्वास्थ्य संयोजक कमल रोकायाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा उद्घाटन गरिएको २ दिने बार्षिक समिक्षा आइतवार सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले समिक्षाको क्रममा आएका सुझाव र सुचकहरको आधारमा आएका कमजोरीहरुलाई टेकेर चालु आर्थिकबर्षको कार्यक्रम बनाउन स्वास्थ्य शाखालाई सुझाव दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी, गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र स्वास्थ्य संस्थाका प्रमुख एवं स्वास्थ्यकर्मिहरुको सहभागिता रहेका थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस