निजामति कर्मचारी युनियन कपिलवस्तुको सदस्यमा रेग्मी चयन
दाङ । नेपाल निजामति कर्मचारी युनियन कपिलवस्तु जिल्ला कार्यसमितिको सदस्यमा दाङका रमेश रेग्मी चयन भएका छन् । कपिलवस्तु शाखाको आइतबार भएको आठौँ अधिवेशनबाट रेग्मी सदस्यमा निर्विरोध चयन भएका हुन् ।
तुलसीपुर ७ पर्सेनी निवासी रेग्मी बिगत एक दशकदेखि निजामति सेवामा कार्यरत रहेका छन् । अधिवेशनले झकबहादुर आलेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नबिन खनाल, समावेशी उपाध्यक्षमा प्रभुनाथ यादव, महिला उपाध्यक्षमा सुनुजरा बैजाली, सचिवमा राजेश कुमार सैनी, सहसचिवमा सुदिप कर्ण, कोषाध्यक्षमा पदमलाल घिमिरे र अन्य सदस्यहरु रहेका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस