तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप अभियानको तयारी

दाङ । दाङको तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । रेबिज बारे तथ्य बुझौँ, त्रसित नहोऔँ भन्ने नारा सहित विश्व रेबिज दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्तर्गत पशु सेवा शाखा तुलसीपुरले खोप कार्यक्रमको आयोजना गरेको हो ।

भदौ २९ गतेदेखि असोज १२ गतेसम्म तुलसीपुरमा रहेको पशु सेवा शाखाको प्राङ्गणमा निःशुल्क रेबिज खोप कार्यक्रम सञ्चालन हुने वरिष्ठ पशु चिकित्सक सुवास आचार्यले जानकारी दिए ।

यसैबीच वरिष्ठ पशु चिकित्सक आचार्यले घरमा पालिएका कुकुरहरूलाई समयमै ल्याएर रेबिज खोप लगाउन अनुरोध गरेका छन् । पशु सेवा शाखाले प्रत्येक वर्ष रेबिज खोपको कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस