भदौ २७ गते तुलसीपुर र घोराहीमा सार्वजनिक बिदा

दाङ ।  दाङका घोराही र तुलसीपुर उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएका छन् । थारूहरूको महान चाड अट्वारी पर्वको अवसरमा भदौ २७ गते आइतबारका सार्वजनिक बिदा दिएको उपमहानगरले शुक्रबार एक सूचना जारी गरेर जनाएका छन् ।

उपमहानगरमा थारूहरूको अधिक बसोबास भएकोले उपमहानगर क्षेत्र भित्र एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको घोराहीका मेयर नरुलाल चौधरी र तुलसीपुरका प्रवक्ता सूर्य बहादुर डाँगी श्यामले जानकारी दिए । त्यस्तै लुम्बिनी प्रदेशले पनि अट्वारी पर्वको अवसरमा दाङ, बाँके र बर्दिया जिल्लाहरूमा थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी २०७७ चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार थारू समुदायलाई सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस