शान्तिनगरमा महिला तथा किशोरीहरुलाई आत्मरक्षा तालिम

दाङ । महिला तथा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम आज आईतवारदेखि शान्तिनगर गाउँपालिकाको जुम्लेकुलामा सुरु भएको छ । सामाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिनसम्म चल्नेछ ।

किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने ?, हिंसाका किसिमहरु के के हुन ? आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा प्रशिक्षण दिएको थियो । गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि २५ जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका थिए ।

यसैबिच तालिमको उद्घाटन समाजमा वाताबरणिय शिक्षाको बिकास सिड सस्था अध्यक्ष भागी राम चौधरीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नं. ४ का अध्यक्ष धनबहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष केसीले आत्म रक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए । आफू सँग भएको सिप,स्रोत र साधनको प्रयोगमा आफ्नो रक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कलाहो सिकेको सीपलाई व्यवहार तहमा लागू गर्न र सबैमा यसको महत्वलाई बुझाउन आवश्यक रहेको उनको भनाई थियो । सोमबार सम्म संचालन हुने तालिम बारे संस्थाकी बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्टले प्रकाश पारेकी थिइन् ।

समाजमा वातावरणीय शिक्षाको बिकास सीड संस्थाकी सहजकर्ता सिवा कवरको स्वागत रहेको कार्यक्रमको संचालन संस्थाकी सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस