दाङमा चालक अनुमतिपत्रको परीक्षा १० दिन भित्रमा हुने

तुलसीपुर । दाङमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा १० दिन भित्रमा हुने भएको छ । जिल्लामा २३ हजार बढीले लिखितमा नाम निकालेको र बाँकी वर्ग थपसहित गरी ३० हजार बढीले ट्रयाल परीक्षा दिन लागेको यातायात व्यवस्था विभाग कार्यालय तुलसीपुरका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिए।

यसअघि वैशाख १५ गतेदेखि कोरोनाका कारण लिखित तथा ट्रयाल परीक्षा स्थगित भएको थियो । त्यस्तै उनले नयाँ अनलाइन फारम भने केन्द्रले नै खोल्ने भएकाले अझै केही समय लाग्ने बताए ।

जिल्लामा अहिले २०७८ चैत १२ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म फारम भरेकाको लागि परीक्षा गराउने तयारी भैरहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस