दाङमा आज ७ जनामा कोरोना पुष्टि, १२ जना कोरोनामुक्त

दाङ । दाङमा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा घोराहीका ५, लमही र तुलसीपुरका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टाका दाङमा १२ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुरका ६ र राप्तीका एक जना रहेको केन्द्रले जनाएको छ । आज थप १२ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७२ मा झरेको छ । ति मध्य घरमा ६२ जना, अक्सिजनसहितको उपचारमा ३ जना र ७ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ३८ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ५४ जना निको भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस