अर्घाखाँची हाईस दुर्घटना एक जनाको मृत्युु, ५ घाइते

वुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । चालक सहचालक सहित १३ जना यात्रु सवार रहेको वताईएको छ । गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

घटनाको थप बिबरण आउन बाँकी रहेको छ । हाईस सडकवाट १ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस