दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । तुलसीपुर १० पड्डा निवासी ५२ वर्षिय सुरेश डाँगीको आज विहान करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

डाँगीलाई आज बिहान पौने ७ बजे आफ्नै घरको कोठामा बती बाल्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको डिएसपि अर्यालले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस