दाङमा नियो लिंक नेट सञ्चालनमा

दाङ । दाङमा पहिलो पटक नियो लिंक नेट सञ्चालनमा आएको छ । तुलसीपुरबाट यो नेटले सेवा सुरु गरेको हो । बुधबार एक कार्यक्रमका बिच त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गरेको हुह् । ७ जना युवाहरूको सहकार्यमा करिव २ करोडको लगानीमा नियो लिंक नेट तुलसीपुरबाट शुरु भएको हो । नेट प्रयोग गर्ने ग्राहक वर्गहरूको मागलाई मध्यनजर गर्दै लागि नेट र टिभीसहितको गुणस्तरीय सेवा पु¥याउन को लागि यो नेट तुलसीपुरबाट बिस्तार गर्न लागेको सञ्चालक सरोज पौडेलले बताए । उनले जिल्लामा धेरै नेटहरु भएयता पनि सेवाग्राहीहरूलाई गुणस्तरीय प्रदान गर्न आफूहरूले यो सुरु गरेको समेत बताए ।

उनले नेपाल मै पहिलो पटक करिब १ वर्ष पहिले सल्यानमा यो नेटको सेवा विस्तार भएको समेत बताए । सल्यानमा १ हजारभन्दा बढि सेवाहरूले सेवा लिइरहेको समेत उनको भनाइ । पहिलो चरणमा १ सय किलो मिटर फाइबर तुलसीपुर बजार एरियामा बिच्छाउने टार्गेट रहेको र अहिले त्यो काम अन्तिम चरणमा पुगेको अर्का सञ्चालन प्रकाश श्रेष्ठले बताए । अहिलेको अवस्थामा इन्टरनेट मानव जीवनको लागि अक्सिजनपछिको दोस्रो महत्वपूर्ण चिज भएकाले कोरोनाको अवस्थामा पढाईदेखि हरेक कुराहरू इन्टरनेटबाट गर्ने भएकाले दाङबाट यो सेवा शुरु गरेको उनको भनाइ छ ।

उनका अनुसार सल्यानको कालिमाटी, रोल्पा, रुकुमलगायत सञ्चारको पहुँच नभएका सानो ग्रामीण बस्तीहरू नेट सेवा पु¥याउन लक्ष्य रहेको छ । अहिले सल्यान र तुलसीपुर बाहेक पश्चिम एरिया कालिमाटी, राल्पामा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ । अन्य नेट भन्दा प्याकेज धेरै, सर्पाेटलाई फोकस, जस्तो सुकै समस्या २४ घण्टा भित्र समाधान गर्ने आफूहरूको मुख्य योजना रहेको अर्का सञ्चालक सुमन केसीले बताए । साथै केसीले सेवाग्राहीहरूमा बढे पनि नियोको क्वालिटी नघट्ने दाबी गरे ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस