आगामी भदौ २० गतेदेखि ‘लाइसेन्स’ को परीक्षा

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ को लिखित तथा प्रयोगात्मक (ट्रार्यल) परीक्षा हुने भएको छ ।

आगामी भदौ २० गतेदेखि काठमाडौंका दुईवटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका हुन् । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् ।

अब नयाँ प्रणालीबाट परीक्षा हुने छ । कोरोना संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड–२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस