राप्ती नदीले सतर्कता तह पार गर्याे, सतर्क रहन प्रशासनको आग्रह

दाङ । लगातारको बर्षाका कारण दाङको राप्ती नदीले सतर्कता तह पार गरेको छ । बागासोती जलमापन केन्द्रले गरेको मापन अनुसार राप्तीले सतर्कता सतह पार गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले राप्ती नदीको बहावले सतर्कता तह पार गरेका कारण नदी तटीय क्षेत्रका नागरिकहरलाई सतर्क रहन अनुरोध गरेको छ । साथै अँझै लगातार बर्षा हुने भएकाले पहिरोको जोखिम समेत उत्तिकै रहेको र पहिरो जान सक्ने स्थानका नागरिकहरुलाई पनि सचेत रहन भनेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस