बंगलाचुलीका पहिरो पीडित ५ घर परिवारलाई राहत प्रदान
बंगलाचुली । बंगलाचुली गाउँपालिका वडा नम्वर २ धरमपानीका पाँचघर पहिरो पिडितहरुलाई बंगलाचुली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले राहात वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाले पहिरोका कारण विस्तापित परिवारलाई प्रति परिवार ५० किलो चमल, दुई पोका नुन, दुई किलो दाल, र एक लिटर तेल प्रदान गरेको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,वडा नम्वर दुईका अध्यक्ष मेघराज राना र चारका अध्यक्ष नारायण डाँगीसहितको टोलिले पहिरो पिडित परिवारलाई राहात सामग्री हस्तान्तरण गरेको हो । यसैविच बंगलाचुली गाउँपालकामा रहेको नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाले पनि पहिरो पिडित परिवालाई राहात समग्री हस्तान्तरण गरेको छ । उपशाखा सभापती चुरामणी नेपालीले पहिरो पिडित परिवारलाई प्रतिपरिवार एक÷एक सेट राहात साग्री हस्तान्तरण गरिएको जाकनारी दिए ।
केही दिन देखि परेको अविरल वर्षाका कारण बंगलाचुली गाउँपालिका २ टाकुराको धरमपानी टोलमा आएको पहिरोका कारण ५ घर परिवार बिस्तापित भएका थिए । पहिरोका कारण दिलबहादुर घर्ती, भिमबहादुर घर्ती, पाराश्वर पुन, चेत बहादुर सार्की, हुमबहादुर घर्तीसहित ५ परिवारका २२ जना रहेका छन् ।