आज पाँच प्रदेशमा भारी वर्षा हुने, यस्तो छ तीन दिनको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आइतबार
दिउँसो : देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी सम्भावना रहेको छ। राती : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार
दिउँसो : देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारीरधेरै भारी सम्भावना रहेको छ। राती : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार
दिउँसो : देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राती : देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका थोरै-थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।