दाङमा भोलिदेखि सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका सेवा बन्द

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको बिरोधमा भोली भदौ १३ गतेदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने भएको छ ।

नेपाल चिकित्सक संघ दाङ शाखाले विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएको हो । संघले विज्ञप्ती जारी गरी सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस